पूर्वाधार विकास कार्यक्रमको बजेट कार्यकर्तामुखी भएको नागरिकको गुनासो

 मंसिर १, २०७५ शनिबार १९:४२:० | बालकुमार शर्मा
unn.prixa.net

प्रतिकात्मक तस्बिर

जाजरकोट – जाजरकोटबाट  केन्द्रीय सरकारका लागि निर्वाचित संघीय सांसदका सदस्य तथा  वर्तमान सरकारका वन मन्त्री शक्तिबहादुर बस्नेतले आफ्नो पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्र्तगतको ४ करोड विकास बजेट विनियोजन गर्नुभएको छ ।

जिल्ला समन्वय समितिका अधिकारीको कार्यकक्षमा बसेको बैठकमा पार्टी कार्यकर्ता तथा स्थानीय सरकारका प्रमुखहरुको मागका आधारमा बजेट विनियोजन गरिएको बस्नेतले बताउनुभयो । विगतमा सांसद विकास कोषका नाममा आउने रकम प्रादेशिक संरचनाको विकाससँगै स्थानीय सरकारको खाताबाट कार्यान्वयण हुने गरी कोषको रकम बाँडिने गरिएको छ ।

जारकोट जिल्लाबाट संघीय संसदका लागि एकजना प्रतिनिधि रहने व्यवस्था छ । त्यही व्यवस्था अनुसार वर्तमान सरकारले विनियोजन गरेको पूर्वाधार विकास साझेदारी कार्यक्रमको  चार करोड रकम बाँडिएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शाखा निर्माणका लागि बाहेक अरु सबै विनियोजित रकम कार्यकर्तामुखी भएको स्थानीयको टिप्पणी छ ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शाखा निर्माणका लागि ५० लाख रुपैयाँको बजेट विनियोन गरिएको छ ।

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

बालकुमार शर्मा

बालकुमार शर्मा जाजरकोटका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया