प्रविधिको प्रयोगबाट कृषि प्रणालीलाई सुधार गर्न सकिन्छ : विश्व आर्थिक मञ्च

 बैशाख १७, २०८१ सोमबार १५:२४:२४ | एजेन्सी
unn.prixa.net

विश्व आर्थिक मञ्चले प्रविधिको प्रयोगबाट कृषि प्रणालीलाई सुधार गरी खाद्य असुरक्षा घटाउन सक्ने निष्कर्षसहित कृषि प्रविधिको प्रयोग बढाउन आह्वान गरेको छ ।

विश्व आर्थिक मञ्चले एक प्रतिवेदन सार्वजनिक गर्दै विश्वव्यापी कृषि प्रणालीलाई आकार दिन र खाद्य सुरक्षामा योगदान पुर्‍याउने उदीयमान प्राविधिक समाधान र रणनीतिबारे सुझाव दिएको हो । 'एग्रिटेक : शेपिङ एग्रिकल्चर इन इमर्जिङ इकोनमिज, टुडे एन्ड टुमराे' नामक प्रतिवेदनले कृषि क्षेत्रमा चौथो औद्योगिक क्रान्ति प्रविधिको एकीकरणमा जोड दिएको छ ।

प्रतिवेदनमा प्रविधि परिवर्तन समावेशी होस् भन्ने उद्देश्यले ठूलो मात्रामा समाधान गर्न र सुनिश्चित गर्नसमेत आह्वान गरेको समाचार संस्था एएनआईले जनाएको छ । मौसम पूर्वानुमानका लागि कृत्रिम बौद्धिकता (एआई) को प्रयोग, किसानसम्म सूचना प्रवाहका लागि संचारको प्रयोग, ठाउँ र भूगोलअनुसार सुझाव दिनसक्ने एप्लिकेशनहरूको प्रवर्द्धनलगायतको माध्यमबाट कृषि प्रणाली सुधार गर्न सक्ने मञ्चको विश्वास छ ।

जलवायु परिवर्तनको प्रभाव, प्राकृतिक प्रकोपको बढ्दो आवृत्ति र माटोको क्षयजस्ता चुनौतीहरूले विश्वव्यापी रूपमा खाद्यान्न उत्पादनमा गम्भीर खतरा उत्पन्न भइरहेको भन्दै यो अवस्थामा अनुकूलनका लागि प्रविधिको प्रयोग उचित हुने मञ्चको सुझाव छ ।

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया