टी–२० विश्वकपका लागि भारत, इङ्ग्ल्यान्ड र दक्षिण अफ्रिकाको टोली घोषणा

 बैशाख १८, २०८१ मंगलबार १८:९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : आईसीसी

काठमाण्डौ – आईसीसी टी–२० विश्वकप क्रिकेटका लागि भारतको टोली घोषणा भएको छ । टी–२० विश्वकपका लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आज रोहित शर्माको कप्तानीमा १५ सदस्यीय टोली घोषणा गरेको हो ।

भारतको टोलीमा कप्तान रोहित शर्मासँगै यशस्वी जयसवाल, विराट कोहली, सूर्यकुमार यादव, ऋषभ पन्त, सन्जु सामसन, हार्दिक पान्ड्या, शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चाहल, अर्शदीप सिंह, जसप्रीत बुमराह, मोहम्मद सिराज छन् । यस्तै शुभमन गिल, रिङ्क सिंह, खलील अहमद र आवेश खानलाई वैकल्पिक खेलाडीका रूपमा राखिएको छ ।

यस्तै इङ्ग्ल्यान्डले पनि टी–२० विश्वकपका लागि टोली घोषणा गरेको छ । इङ्ग्ल्यान्डको टोलीका कप्तान जोस बटलरसँगै मोइन अली, जोफ्रा आर्चर, जोनाथन बेयरस्टो, ह्यारी ब्रुक, साम करन, बेन डकेट, टम हार्ट्ली, विल ज्याक्स, क्रिस जोर्डन, लायम लिभिङस्टोन, अदिल रशिद, फिल साल्ट, रेस टप्ली र मार्क वूड छन् । इङ्ग्ल्यान्ड साविक विजेता टाेली हाे ।

यसैगरी दक्षिण अफ्रिकाले पनि टोली घोषणा गरेको छ । दक्षिण अफ्रिकाको टोलीमा कप्तान एडन मार्करमसँगै ओटीनेल बार्टम्यान, गेराल्ड कोट्जी, क्विन्टन डी कक, बिजोर्न फर्ट्युन, रेजा हेन्ड्रिक्स, मार्काे जानसेन, हेनरिच क्लासेन, केशव महाराज, डेभिड मिलर, एनरिच नोर्ट्जी, कागिसो रबाडा, रायन रिकेल्टन, तबरिज शाम्सी र ट्रिस्टन स्टुब्स छन् ।

नवौँ संस्करणको टी–२० विश्वकपका लागि न्युजिल्यान्डले हिजो टोली घोषणा गरिसकेको छ । टी–२० विश्वकप क्रिकेट यही जुन/जुलाईमा अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया