आईपीएल क्रिकेटमा लखनउले मुम्बईलाई ४ विकेटले हरायो

 बैशाख १९, २०८१ बुधबार ६:३९:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जाएन्ट्सले मुम्बई इण्डियन्सलाई ४ विकेटले हराएको छ । गएराति भएको खेलमा मुम्बईले दिएको १ सय ४५ रनको लक्ष्य लखनउले १९ ओभर २ बलमा ६ विकेट गुमाएर भेटायो । लखनउका मार्कस स्टोइनिसले सर्वाधिक ६२ रन बनाए ।

त्यसअघि टस हारेर ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४४ रन बनाएको थियो । उसका लागि नेहल वाधेराले सर्वाधिक ४६ रन बनाए । यो जितसँगै  लखनउ १० खेलमा १२ अङ्कसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । मुम्बई ९ खेलमा ६ अङ्कसहित नवौँ स्थानमा छ ।

आईपीएलमा आज  चेन्नई सुपर किंग्स र पञ्जाब किंग्स खेल्दैछन् । चेन्नईमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । 

अन्तिम अपडेट: जेठ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया