अनुमति नलिई औषधि बिक्री गर्ने रामेछापका दुई वटा औषधि पसलमा सिल

 बैशाख १९, २०८१ बुधबार १२:५६:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

रामेछाप – अनुमति नै नलिई औषधि बिक्री/वितरण गर्दै आएका रामेछापका दुई वटा औषधि पसललाई जिल्ला प्रशासन कार्यालय रामेछापले सिल गरेको छ ।

औषधि व्यवस्था विभागका प्रतिनिधिसहितको अनुगमन टोलीले हिजो सदरमुकाम मन्थलीमा औषधि पसल तथा अस्पताल अनुगमन गरेको थियो । अनुगमनका क्रममा औषधि बिक्रेताहरूले नागरिकको स्वास्थ्यजस्तो संवेदनशील कुरामा खेलबाड गरी बिक्री गर्न अनुमति नै नलिएका औषधिहरू आफूखुशी बिक्री/वितरण गर्दै आएको पाइएको जिल्ला प्रशासन कार्यालय रामेछापका प्रशासकीय अधिकृत प्रकाश प्रधानले बताउनुभयो ।

धेरै औषधिहरू स्टोरमा सञ्चय गरी राखेको भेटेपछि दिपसन फार्मेसी र साँकुरा मेडिकल सिल गरेको प्रशासकीय अधिकृत प्रधानले बताउनुभयाे ।

अन्तिम अपडेट: जेठ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया