यूएईमा फेरि हावाहुरी र भारी वर्षा

 बैशाख २०, २०८१ बिहिबार १३:१४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : एजेन्सी

संयुक्त अरब इमिरेट्स (यूएई) मा आज बिहानैदेखि भारी वर्षा हुँदा अबुधाबी र दुबई क्षेत्र प्रभावित भएको छ ।

दुबईका बासिन्दा बिहान उठ्दा हुरीबतास, आकाशमा गड्याङगुडुङ र चट्याङको अवस्था रहेको थियो । मौसम पूर्वानुमानअघि नै बिहान ३ बजे मौसम बदली भएको दुबईको सञ्चारमाध्यम गल्फ न्युजले जनाएको छ ।

ठूलो वर्षा शुरुमा राजधानी अबुधावीबाट सुदूरपश्चिममा रहेका अल धाफ्रा र अल शिला क्षेत्रमा महसुस गरिएको थियो । विमानस्थल क्षेत्रमा पनि भीषण वर्षा भएको खबरमा उल्लेख छ ।

अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन र गाडी नचलाउन सरकारले नागरिकलाई सचेत गराएको छ । खाडी देश यूएई र ओमानमा केही हप्ताअघि मात्रै वर्षा र बाढीले ठूलो जनधनको क्षति गराएको थियो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया