गर्मी बढेसँगै रामेछापको स्थानीय उत्पादन जुनारको जुस बिक्री बढ्यो

 बैशाख २०, २०८१ बिहिबार १३:२:२१ | रासस
unn.prixa.net

तस्बिर : रासस

रामेछाप  – गर्मी बढेसँगै रामेछापमा जुनारको जुस बिक्री बढेको छ । त्यहाँकाे स्थानीय उत्पादन जुनारकाे जुस होटल तथा पसलमा मात्र नभएर त्यहाँ जाने जोकोहीले कोसेलीका रूपमा पनि खरिद गर्न थालेका छन् ।

विशेषगरी काठमाण्डौ र तराईका विभिन्न जिल्लामा कोसेलीका रूपमा लैजानका लागि बढी बिक्री हुने गरेको यो जुस दुई वटा उद्योगबाट दैनिक तीन लाख पचास हजार रुपैयाँ बराबरको बिक्री हुने गरेको उत्पादकहरूले बताएका छन् ।

निजी क्षेत्रका डिलक्स एग्रो फरेस्ट्री प्रडक्ट  र मन्थली डिलक्स एग्रो फरेस्ट्रीले 'स्क्वास' बनाएर बिक्री गरेका छन् । दुवै कम्पनीले अलावा, कागती, किवी, अमला र बेलका जुस पनि उत्पादन गर्दै आएका छन् । मन्थली डिलक्स एग्रो फरेस्ट्री प्रालि रामेछापका सञ्चालक लोकेन्द्र श्रेष्ठले स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न राज्यले सहयोग गरे बिक्री अझ बढ्ने बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया