सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक स्थगित

 बैशाख २२, २०८१ शनिबार १८:२६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सुदूरपश्चिम प्रदेशसभाको आजको बैठक बस्दै नबसी स्थगित भएको छ । मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान भएको बैठक स्थगित भएको हो ।

एमालेले विश्वासको मत नदिने भनेपछि हिजो लागि आह्वान भएको बैठक स्थगित गरी आजका लागि सारिएको थियो । तर आज पनि एमालेले कुनै टुङ्गो नदिएपछि बैठक स्थगित भएको हो ।

आफूहरुसँग सल्लाह नै नगरी बैठक आह्वान गरिएकोले विश्वासको मत दिने अवस्था नभएको एमालेले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले बताउनुभयो ।

५३ जना प्रदेशसभा रहेको सुदूरपश्चिममा चार सिट भएको एकीकृत समाजवादी पार्टीले मुख्यमन्त्री पाएको छ । यसमा असहमति जनाउँदै एमालेले विश्वासको मत दिन आनाकानी गर्दै आएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया