भक्तपुरमा आगाे निभाउने क्रममा २ जना घाइते : प्लाई कारखानामा १ करोड ८० लाख रुपैयाँ बराबरकाे क्षति

 बैशाख २३, २०८१ आइतबार ११:४१:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – भक्तपुरको चाँगुनारायण नगरपालिका –२ दुवाकोटमा आगलागी हुँदा दुई जना घाइते भएका छन् । सन्तोषमान श्रेष्ठले सञ्चालन गरेको ज्योति प्लाई कार्पेट कारखानाका गए राति आगलागी हुँदा निभाउने क्रममा कामदार भारतकाे बङ्गाल घर भएका २९ वर्षका मनु उर्वा र कारखाना नजिकै बस्ने रामेछापको लिखु तामाकोशी–६ घर भएका २३ वर्षका बुद्धनारायण श्रेष्ठ घाइते भएका जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

घाइते मनु उर्वालाई ईवामुरा अस्पतालमा सामान्य उपचारपछि कीर्तिपुरको जलन उपचार अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ । बुद्धनारायणको अवस्था भने सामान्य रहेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन कार्कीले जानकारी दिनुभयो ।

सुरक्षाकर्मी, स्थानीयवासी तथा भक्तपुर, काठमाण्डौ, ललितपुर र काभ्रेबाट गरी सात वटा दमकलको सहयोगमा आगो निभाइएकाे छ । आगलागीबाट प्लाई कारखानामा एक करोड ८० लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया