डडेलधुरामा ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गयो, दुई जना घाइते

 बैशाख २३, २०८१ आइतबार १२:३१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – डडेलधुरामा गए राति ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । नवदुर्गा गाउँपालिका–४ सिरोडको भित्री सडकमा बाग्मती प्रदेश ०१–००१ क ९६५१ नम्बरको ट्र्याक्टर दुर्घटना हुँदा धादिङको गजुरी गाउँपालिका–७ का ४० वर्षीय चालक धिरज थापामगर र बेनीघाट रोराङ गाउँपालिकाका–२७ वर्षीय विष्णु विकको ज्यान गएको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी कुसुम नायकका अनुसार घाइते चार जनामध्ये चालक थापामगर र अर्का विकको उपचारका क्रममा डडेलधुरा अस्पतालमा ज्यान गएको हो ।

दुर्घटनामा घाइते भएका बेनीघाट रोराङका ३१ वर्षीय सुदीप बिक र डडेलधुराकाे नवदुर्गा गाउँपालिका–४ का २८ वर्षीय हिक्मत बिकको डडेलधुरा अस्पतालमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया