घरजग्गा व्यवसाय अझै सुधार भएन, ‘सहकारी समस्याको पनि प्रभाव’

 बैशाख २३, २०८१ आइतबार १५:१८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आर्थिक शिथिलताले समस्यामा परेको घरजग्गा व्यवसाय अझै पनि सुध्रन सकेको छैन । अर्थतन्त्रका आन्तरिक तथा बाह्य सूचकहरू सकारात्मक बनेर बजारमा चहलपहलसमेत बढ्न लागेको भए पनि घरजग्गा कारोबार भने सुधार नभएको हो ।

भूमि व्यवस्था तथा अभिलेख विभागको किनबेच तथ्याङ्क र बैंकबाट घरजग्गा व्यवसायका लागि हुने ऋण प्रवाहको अवस्थाले घरजग्गा व्यवसाय नसुध्रेकाे देखाएको हो । व्यवसायीहरू पनि घरजग्गा व्यवसायमा कारोबार नबढेको बताउँछन् ।

झन्डै साढे तीन खर्ब रुपैयाँ कुल पुँजी रहेको घरजग्गा व्यवसायका लागि बैंक तथा वित्तीय संस्थाबाट कुल ऋणको चार प्रतिशत हाराहारीमा लगानी हुँदै आएको छ । गएको वर्षभन्दा केही बढेको देखिए पनि सुधार भइनसकेको वित्तीय प्रतिवेदनले देखाउँछ ।

भूमि व्यवस्था तथा अभिलेख विभागका प्रवक्ता एवम् निर्देशक वेदप्रसाद अर्याल भू–उपयोग नियमावली संशोधन भएर कित्ताकाटमा सहजता हुँदासमेत कारोबार नबढेको बताउनुहुन्छ । वर्षमा ६८ अर्ब रुपैयाँभन्दा धेरै राजस्व सङ्कलन हुने गरेकोमा अहिले आधा पनि नभएको उहाँले बताउनुभयो ।

सहकारीमा आएको समस्याका कारण पनि घरजग्गा कारोबारमा सुधार नभएको व्यवसायीहरू बताउँछन् । घरजग्गा व्यवसाय सुधारका लागि कर्जा आम्दानी अनुपातसँगै ऋणको अनुपात पनि बढाउनुपर्ने नेपाल जग्गा तथा आवास विकास महासङ्घका अध्यक्ष भेषराज लोहनी बताउनुहुन्छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया