मौसम बदली हुन थालेपछि उखरमाउलो गर्मी कम हुन थाल्याे

 बैशाख २३, २०८१ आइतबार १८:४०:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – मौसम बदली हुन थालेपछि उखरमाउलो गर्मी कम हुन थालेको छ । गर्मीका कारण आक्रान्त भइरहेकोमा हिजोदेखि तापक्रम घट्ने क्रम शुरु भएको हो ।

हिजोदेखि नै तराईका जिल्लाको तापक्रम ४० डिग्रीभन्दा तल नै रहन थालेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सरोज पुडासैनीले जानकारी दिनुभयो । तापक्रम अझै घट्दै जानेछ ।

यसपालि केही दिनअघि तापक्रम सबैभन्दा बढी भैरहवामा ४३ दशमलव छ डिग्री सेल्सियससम्म पुगेको थियो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पूर्वको केही भू–भागमा हल्कादेखि मध्यम वर्षा हुन थालेको छ । भोलि र पर्सि दशेका अरू भागमा पनि वर्षा हुन थाल्ने महाशाखाले जनाएको छ ।

तापक्रम घटाउनुको साथै धेरैजसो ठाउँको डढेलो पनि निभाउन सक्ने गरी पानी पर्ने अनुमान रहेको मौसमविद् पुडासैनीले बताउनुभयो । अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया