ब्राजिलमा बाढीका कारण ५५ जनाको ज्यान गयो, ७४ जना बेपत्ता

 बैशाख २४, २०८१ सोमबार ९:३१:१० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

ब्राजिलको दक्षिणी क्षेत्रमा आएको बाढीका कारण ५५ जनाको ज्यान गएको छ । ७४ जना बेपत्ता भएका छन् । अस्ति शनिवार आएको आँधीपछि २५ हजारभन्दा बढी मानिस विस्थापित भएका त्यहाँको स्थानीय प्रशासनले जानकारी दिएको हो । झण्डै ५ लाख मानिस स्वच्छ पानी र बिजुलीविहीन भएर बाँच्न बाध्य भएका छन् । त्यहाँ अझै भारी वर्षाको सम्भावना रहेको बीबीसीले जनाएको छ ।

बाढी र हावाहुरीका कारण झण्डै २ सय ५० वटा शहर प्रभावित भएका छन् । धेरै सडकमा  क्षति पुगेको खबरमा उल्लेख छ । केही दिनअघि बेन्टो गोन्काल्भ्सको बाँध नजिकैको पहिरोमा परी ३० जनाको ज्यान गएको थियो । फेरि अर्को बाँध फुट्ने खतरा रहेको स्थानीय प्रशासनले जनाएको छ । पोर्टो एलेग्रेबाट अन्तर्राष्ट्रिय हवाई सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया