जलविद्युत् कम्पनीहरूको शेयर निष्कासन प्रक्रिया रोकिँदा लगानी जुटाउनै समस्या

 बैशाख २४, २०८१ सोमबार १८:२०:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डाै – प्राथमिक शेयर निष्कासन (आईपीओ) र हकप्रद शेयर निष्कासनका लागि आवेदन दिएका जलविद्युत् आयोजनाको शेयर निष्कासन प्रक्रिया १० महिनादेखि रोकिएको छ ।

नेपाल धितोपत्र बोर्डमा रमेश हमाल अध्यक्ष हुँदैदेखि रोकिएको शेयर निष्कासन प्रक्रिया नयाँ अध्यक्ष नियुक्त नहुँदा अहिलेसम्म रोकिएको हो । आईपीओका लागि अनुमति मागेका १८, हदप्रद शेयर निष्कासनकाे अनुमति मागेका नौ र आवेदन तयारीमा रहेका केही कम्पनीसमेतको गरी झन्डै २२ अर्ब रुपैयाँको शेयर निष्कासन प्रक्रिया रोकिएको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष गणेश कार्कीले जानकारी दिनुभयो ।

गएको आर्थिक वर्षमा २९ वटा जलविद्युत् कम्पनीका आईपीओ जारी भएका थिए । तर चालु आर्थिक वर्षमा भिजन लुम्बिनी ऊर्जा कम्पनीबाहेक अरू कुनै पनि जलविद्युत् कम्पनीको आईपीओ निष्कासन भएको छैन । आयोजनाको शेयर निष्कासन गर्न नपाउँदा निर्माण कार्य प्रभावित भएको प्रवर्द्धकहरूले बताएका छन् ।

जलविद्युत् कम्पनीहरूले आईपीओ तथा हकप्रद शेयर जारी गरेपछि आउने रकमलाई आयोजना निर्माणमा खर्च गर्ने योजनासहित काम अघि बढाएका हुन्छन् । तर धितोपत्र बोर्डले शेयर निष्कासनको अनुमति नदिएपछि थप २०/२२ अर्ब रुपैयाँ कहाँबाट जोहो गर्ने भन्ने चिन्ता थपिएको इप्पानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले बताउनुभयो ।

जलविद्युत् आयोजनाले ६० प्रतिशत निर्माण पूरा भएपछि आईपीओ जारी गर्ने अनुमति पाउने व्यवस्था छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया