कसैकाे बहुमत नहुँदा हाहाहुँहुँ गरेकै भरमा मन्त्री भएका छन् : ओली

 बैशाख २४, २०८१ सोमबार १८:२९:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा कसैको पनि बहुमत नहुँदा जस्ता व्यक्ति पनि मन्त्री बन्ने अवस्था आएको बताउनुभएको छ ।

वरिष्ठ राजनीतिज्ञ सिद्धिनाथ ज्ञवाली स्मृति ग्रन्थ विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले संसद्को अङ्कगणितका कारणले अहिले हाहाहुँहुँ गरेकै भरमा केही व्यक्तिहरू मन्त्रीसमेत बन्न सक्ने बताउनुभयो । नागरिकमा बढेको असन्तुष्टिको फाइदा उठाएर जनप्रतिनिधि बन्ने र पूरानो त्यागको अवमूल्यन गर्ने प्रवृत्ति बढेको उहाँले बताउनुभयो ।

ओलीले भन्नुभयाे, ‘संसदमा कसैकाे बहुमत छैन । अहिले हाहाहुँहुँ गरेकै भरमा जस्ता व्यक्ति पनि मन्त्री भइरहेका छन् । अहिले पुरानाे त्यागलाई अवमूल्यन र अपमान गर्ने प्रवृत्ति बढेकाे छ ।’

ओलीले एमालेले आफूलाई राष्ट्रिय निर्णायक शक्तिको रूपमा उभ्याउन चाहेको उल्लेख गर्दै त्यसमा साथ दिन अपिल गर्नुभएकाे छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया