खोटाङको लफ्याङका किसानले पालेका बाख्रा सङ्क्रमित

 बैशाख २५, २०८१ मंगलबार ११:५८:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

खोटाङ – खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका किसानले पालेका बाख्रा सङ्क्रमित भएका छन् । बाख्रामा खोक्ने, नाकबाट सिँगान झार्ने, छेर्ने, धक्ने, घाँस–खोले नखानेजस्ता समस्या देखिएको स्थानीय किसान युवराज कट्वालले बताउनुभयो । साविकको लफ्याङ–२, लफ्याङ–९ र लफ्याङ–३ का किसानले पालेका बाख्रा सङ्क्रमित भएका छन् ।

पकेट क्षेत्र विस्तारका क्रममा आयात गरिएका र रैथाने प्रजातिको बाख्रामा सङ्क्रमण फैलिएको हो । केही सङ्ख्यामा बाख्रा मरेका छन् । रोग फैलिएका बाख्रालाई नगरपालिकाले खोरमै पुगेर खोप दिने व्यवस्था मिलाएको थियो । कतिपय किसानले एग्रोभेटबाट औषधि किनेर खुवाइरहेका छन् ।

घरेलु विधि अपनाएर बाख्राको उपचार गरिरहेको किसानले बताएका छन् । अहिले सङ्क्रमण घट्दै गएको वडाध्यक्ष दिनेश घिमिरेले बताउनुभयो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया