सजावटका लागि राखिएका बत्तीको जनस्वास्थ्य, वातावरण र शहरी व्यवस्थापनकाे कोणबाट अध्ययन हुने

 बैशाख २५, २०८१ मंगलबार १८:२२:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – रातको समयमा शहरको सजावटका लागि काठमाण्डौ महानगरपालिकाभित्र विभिन्न ठाउँमा राखिएका बत्तीहरूको वातावरणीय, जनस्वास्थ्य, शहरी व्यवस्थापनलगायत कोणबाट अध्ययन हुने भएको छ ।

काठमाण्डौ महानगरपालिकाकी उपमेयर सुनिता डङ्गोलको अध्यक्षतामा आज बसेको अनुगमन समितिको बैठकमा सजावटका लागि राखिएका बत्तीले गाडी आउजाउ, रातको समयमा बास बस्ने तथा उड्ने चराचुरुङ्गी र अन्य जीव जनावर तथा रुखबिरुवालाई कस्तो असर पार्छ भन्नेबारे विभिन्न पक्षबाट अध्ययन गर्ने निर्णय भएको हो ।

बैठकमा उपमेयर डङ्गोलले सजावटका बत्ती कहाँ राख्नुपर्ने हो, कति समयका लागि बाल्नुपर्ने हो, बत्ती राख्दाका प्रभाव के हुन् भन्नेबारे थाहा पाउन जरुरी रहेको भन्दै यसका लागि छिट्टै प्रतिवेदन आउने गरी अध्ययन गराउनुपर्ने बताउनुभयो । यसका लागि वातावरण र इलेक्ट्रिक इन्जिनियरसहितको टोलीले अध्ययन गर्ने र अध्ययनले गरेका सिफारिसका आधारमा यस्ता बत्तीको व्यवस्थापनका बारेमा निर्णय लिइने महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया