जिल्ला प्रशासन कार्यालय दार्चुलाको भवन उद्घाटन

 बैशाख २५, २०८१ मंगलबार १८:३५:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

दार्चुला – जिल्ला प्रशासन कार्यालय दार्चुलाको नवनिर्मित भवनको उद्घाटन भएको छ । गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले आज प्रशासन कार्यालय दार्चुलाको भवनको उद्घाटन गर्नुभयो ।

छ करोड ४५ लाख ३६ हजार नौ सय ९१ रुपैयाँमा १५ कोठा भएको तीन तले भवन निर्माण भएको प्रमुख जिल्ला अधिकारी यज्ञराज जोशीले जानकारी दिनुभयो । २०७९ साल चैतमा किराँतेश्वर जागृति जेभी कम्पनीले निर्माण सम्पन्न गरेको भवनको आज उद्घाटन भएको हो । नवनिर्मित भवनबाट गएको वर्षको वैशाख २ गतेदेखि सेवा प्रवाह भइसकेको छ ।

भवन उद्घाटन कार्यक्रममा गृहसचिव अर्यालसहित नेपाल प्रहरीका प्रमुख वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरीका प्रमुख राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापासहितकाे टाेली काठमाण्डाैबाट दार्चुला पुगेकाे हाे । यसैबीच गृहसचिवको टोलीले दार्चुलाको भ्रमण पनि गरेको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया