शेयर बजार खासै घटबढ भएन, २ अर्ब ५४ कराेड रुपैयाँकाे काराेबार

 बैशाख २६, २०८१ बुधबार १८:१५:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – शेयर बजार आज खासै घटबढ भएको छैन । हिजो सामान्य अङ्कले बढेको शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव २१ अङ्कले घटेर एक हजार नौ सय ६० दशमलव ६० विन्दुमा झरेको छ ।

आज फाइनान्स, हाइड्रोपावर, माइक्रोफाइनान्स र व्यापार बाहेक सबै समूहको शेयर घटेकोमा सबैभन्दा धेरै उत्पादन समूहको शेयर झन्डै ७० अङ्कले ओरालो लागेको छ ।

आज कुमारी सबल योजनाको शेयर १० प्रतिशतले घटेर नकारात्मक सर्किट लागेको छ । बजार खासै घटबढ नभएको दिन इन्फिनिटी लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ ।

आज तीन सय पाँच वटा कम्पनीका ५८ लाख ७४ हजार कित्ता शेयर दुई अर्ब ५४ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै फर्स्ट माइक्रोफाइनान्स लघुवित्त कम्पनीको १० करोड रुपैयाँको शेयर खरिद/बिक्री भयो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया