बसबाट खसेर घाइते भएकी ४ वर्षकी बालिकाको उपचारका क्रममा ज्यान गयाे

 बैशाख २७, २०८१ बिहिबार १८:१९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

ललितपुर – ललितपुरको गोदावरीमा बसबाट खसेर घाइते भएकी एक बालिकाको उपचारका क्रममा ज्यान गएको छ ।

महाङ्काल गाउँपालिका–६ ठुलादुर्लुङकी चार वर्षकी बालिका आर्या सञ्जेलको ज्यान गएको हो । उनी गोदावरी नगरपालिका–१० टाखेलमा बा ४ ख ७०४ नम्बरको बस रोक्ने क्रममा खसेर घाइते भएको र उपचारका क्रममा बीएण्डबी अस्पताल ग्वार्कोमा ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीले जानकारी दिनुभयो ।

बस र चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया