रातो मच्छिन्द्रनाथको रथारोहण

 बैशाख २८, २०८१ शुक्रबार ९:१२:९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – वर्षा, सहकाल तथा करुणाका देवता मानिने रातो मच्छिन्द्रनाथलाई रथारोहण गरिएको छ । रथारोहण गर्नको लागि हिजो देवतालाई कटुवाल दहमा लिन गएकोमा त्यहाँ विशेष पूजा गरेर दिउँसो पाटनको मच्छिन्द्रबहालमा ल्याएपछि मच्छिन्द्रबहालमा विशेष पूजा गरी बेलुकी पुल्चोकमा निमार्णाधीन रथमा मूर्तिलाई रथारोहण गरिएको हो ।

काठमाण्डौ उपत्यकामा खडेरी परेको बेला त्यसबेलाका राजा नरेन्द्रदेव, तान्त्रिक बन्धुदत्त आचार्य र ललित ज्यापुले भारतको कामारुकामाक्षबाट रातो मच्छिन्द्रनाथ ल्याएको विश्वास छ । त्यही प्रतिकस्वरुप हरेक वर्ष कटुवाल दहबाट रातो मच्छिन्द्रनाथलाई ल्याउने गरिन्छ ।

यता, रातो मच्छिन्द्रनाथको रथको अघिपछि लगाएर तानिने मीननाथको रथमा यवाल गुथियारहरुले बेतले बाँध्ने काम गरिरहेका छन् । भोलि मीननाथलाई रथारोहण गरेर पुल्चोकसम्म तानिनेछ । त्यसपछि रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट गाःबहालसम्म तानिन्छ । यसरी रथ तान्दा मीननाथको रथलार्ई अघि लगाएर रातो मच्छिन्द्रनाथको रथ तानिन्छ । रथ तान्नुअघि रथलाई हरियो धुपीले सिंगार्ने गरिन्छ । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया