'बर्ड फ्लु' मानिसबाट मानिसमा सर्ने कुनै सम्भावना देखिएन : डब्ल्यूएचओ

 बैशाख २८, २०८१ शुक्रबार १५:२३:१४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले बर्ड फ्लु सङ्क्रमण एक मानिसबाट अर्को मानिसमा सर्ने कुनै सम्भावना नदेखिएको जनाएको छ ।

संयुक्त राष्ट्र सङ्घीय निकाय डब्ल्यूएचओले विज्ञप्ति निकालेर एच फाइव एन वान एभियन इन्फ्लुएन्जा भाइरसमा मानिसबाट मानिसमा सर्ने गरी परिवर्तनको कुनै सङ्केत नरहेको जनाएको हो । सन् २०२१ यता २८ जनामा बर्ड फ्लु सङ्क्रमण देखिएकोमा कतै पनि एक व्यक्तिबाट अर्को व्यक्तिमा भाइरस सरेको पुष्टि नभएको विज्ञप्तिमा उल्लेख छ ।

डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयससले सुक्ष्म अध्ययनमा पनि यो भाइरस मानिसबाट मानिसमा सर्ने लक्षण नदेखिएको तर निरन्तर निगरानी भने आवश्यक रहेको बताउनुभएको छ । पक्षीहरूकाे प्रत्यक्ष सम्पर्कमा रहने व्यक्ति बर्ड फ्लु सङ्क्रमणको जोखिममा बढी रहने भएकाले उनीहरूको विशेष हेरचाह आवश्यक पर्ने उहाँले बताउनुभयो । मासु तथा अण्डा राम्रोसँग पकाएर तथा दूध राम्रोसँग तताएर खाँदा सङ्क्रमणको खतरा नहुने पनि डब्ल्यूएचओले जनाएको छ ।

विशेषगरी पक्षीहरूमा हुने यो सङ्क्रमण पछिल्लो समय समुद्री स्तनपायीसँगै गाईवस्तुहरूमा पनि फैलिरहेको डब्ल्यूएचओको प्रतिवेदनमा उल्लेख छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया