आगलागीबाट पाँच वर्षमा साढे ९ अर्ब रुपैयाँकाे क्षति

 बैशाख २८, २०८१ शुक्रबार १५:१६:३८ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – आगलागीका कारण पछिल्लो पाँच वर्षमा झन्डै साढे नौ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्कअनुसार २०७७ सालदेखि यही वैशाख दोस्रो हप्तासम्म भएको आगलागीका कारण घरलगायतका संरचनामा क्षति पुग्दा नौ अर्ब ४७ करोड ४५ लाख ९३ हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको हो । पाँच वर्षमा आगलागीबाट चार सय २२ जनाले ज्यान गुमाएका छन् भने एक हजार सात सय छ जना घाइते भएका छन् ।

यो वैशाखमा मात्रै पाँच सय ६८ वटा आगलागीका घटनाबाट ३१ करोड ७६ लाख रुपैयाँ बराबरको क्षति भएको छ । यी घटनामा १६ जानाले ज्यान गुमाइसकेका छन् ।

घरमा हुने आगलागीको मुख्य कारण विद्युत शर्ट हुनु देखिएको छ भने खाना पकाउने आगोको व्यवस्थापन राम्रोसँग नहुनु, डढेलो बस्तीमा पस्नु, चाडपर्वमा बत्ती बालेर छाड्नु लगायतका कारण पनि रहेका प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले बताउनुभयो ।

आगलागी नियन्त्रणका लागि दमकल र फायर पम्प पर्याप्त नहुँदा समस्या भएको प्राधिकरणकाे भनाइ छ । दमकल एक सय ५८ वटा चालु अवस्थामा रहेका, २२ वटा बिग्रिएको अवस्थामा रहेका र एक सय १४ वटा फायर पम्प पालिकामा वितरण नभएका प्राधिकरणले जनाएकाे छ । यस्तै आगलागी नियन्त्रणका लागि दक्ष जनशक्ति नहुँदा पनि पालिकालाई समस्या भइरहेकाे छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया