भारतमा लोकसभा चुनाव अन्तर्गत चौथो चरणको मतदान जारी

 बैशाख ३१, २०८१ सोमबार १२:३२:४९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतमा लोकसभा चुनावअन्तर्गत आज चौथो चरणको मतदान भइरहेको छ । १० राज्य र केन्द्र शासित प्रदेशका ९६ सिटका लागि बिहान ७ बजेदेखि मतदान शुरु भएको हो ।

आज समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादव, पूर्वक्रिकेटर युसुफ पठान, अभिनेता शत्रुघ्न सिन्हालगायत १७ सय १७ उम्मेदवारका लागि मतदान भइरहेको बीबीसी हिन्दीले जनाएको छ ।

आजको चुनावमा १९ लाखभन्दा बढी मतदान केन्द्रबाट १७ करोड ७० लाख मतदाताले मतदान गर्नेछन् । लोकसभाका ५ सय ४३ सदस्य चयनका लागि अप्रिल १९ देखि शुरु भएको मतदान सात चरण अर्थात् जुन १ सम्म हुनेछ । सबै चरणको मतदान सकिएपछि जुन ४ मा मतगणना गरिनेछ ।

अन्तिम अपडेट: जेठ १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया