नीति तथा कार्यक्रमका लागि सहज वातावरण बनाइदिन कांग्रेस नेताहरुसँग प्रधानमन्त्रीको आग्रह

 जेठ १, २०८१ मंगलबार ९:२५:१० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका नेताहरुबीच आज बिहान बालुवाटारमा छलफल भएको छ । अवरुद्ध संसद खुलाउने विषयमा छलफल केन्द्रित थियो । छलफलमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलले आज प्रस्तुत गर्ने सरकारको नीति तथा कार्यक्रमका लागि सहज वातावरण बनाइदिन सहयोगका लागि आग्रह गरेको नेपाली कांग्रेसका मुख्य सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

कांग्रेसले थप रणनीति संसदीय दलको बैठकबाट तय गर्दैछ । कांग्रेस संसदीय दलको बैठक केहीबेरमा पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बस्दैछ । सहकारीको बचत अपचलनमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्ष दल कांग्रेसले छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ ।

सङ्घीय संसदअन्तर्गत आज संयुक्त बैठक बस्दैछ । आजको बैठकमा सरकारको तर्फबाट राष्ट्रपति रामचन्द्र पौडेलले आउँदो आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुनेछ ।

अन्तिम अपडेट: जेठ १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया