कर्णाली प्रदेश योजना आयोग गठन

 मंसिर ४, २०७५ मंगलबार १४:५१:५७ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा प्रदेश योजना आयोग गठन भएको छ ।

सोमबार सम्पन्न मन्त्रिपरिषद बैठकले प्रदेश योजना आयोग गठन तथा सञ्चालन आदेश २०७५ स्वीकृत गरेसँगै  मुख्यमन्त्री शाहीको अध्यक्षतामा ६ सदस्यीय योजना आयोग गठन गरिएको हो ।

योजना आयोगको अध्यक्षमा कृषि क्षेत्रका विज्ञ दैलेखका डाक्टर पुण्य रेग्मीलाई मनोनय गरिएको छ । योजना र विकासमा पीएचडी गर्नुभएका रेग्मीले अर्थ मन्त्रालयको प्रमुख आर्थिक सल्लाहकार भएर पनि काम गरिसक्नु भएको छ ।

कर्णाली प्रदेश सरकारकी प्रवक्ता एवंम भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसीका अनुसार सदस्यहरुमा हुम्लाका डाक्टर दिपेन्द्र रोकाया र दैलेखका योगेन्द्र शाहीलाई मनोनयन गर्ने निर्णय भएको छ ।

यस्तै योजना आयोगको पदेन सदस्यमा प्रदेश सरकारका प्रमुख सचिव र सदस्य सचिवमा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव रहने व्यवस्था गरिएको छ । मन्त्री केसीले योजना आयोगका उपाध्यक्ष र सदस्यहरुलाई प्रदेशको राज्यमन्त्री र प्रदेशसभा सदस्य सरहको सेवासुविधा दिने निर्णय गरिएको जानकारी दिनुभयो ।

‘मन्त्रीपरिषदको बैठकबाटै उपाध्यक्षलाई प्रदेश राज्यमन्त्री सरहको र सदस्यहरुलाई प्रदेशसभा सदस्य सरहको सेवा सुविधा दिने निर्णय भएको छ’, उहाँले भन्नुभयो । 
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया