शरीर जोडिएका जुम्ल्याहा छोरीको मुटु–कलेजो पनि एउटै

 मंसिर ४, २०७५ मंगलबार १८:२४:५६ | मुना हमाल
unn.prixa.net

सुर्खेत –  आइतबार ललिता बुढाले जन्माएका जुम्ल्याहा छोरीहरुको मुटु र कलेजो पनि एउटै भएको पाइएको छ ।

प्रदेश अस्पताल वीरेन्द्रनगरमा गएको आइतबार राष्कोट नगरपालिकाका ५ कि ललिता बुढाले शरीर जोडिएका छोरीहरुको जन्म दिनु भएको थियो । भिडियो एक्सरे गर्दा उनीहरुको मुटु र कलेजो एउटै रहेको अस्पतालका बाल रोग विशषज्ञ डाक्टर नवराज केसीले जानकारी दिनुभयो । उहाँले अब बालिकाहरुको शल्यिक्रिया गरेर शरीर छुट्याउने सम्भावना कम भएको बताउनुभयो ।

‘मुटु फरक फरक भएकाले अब शल्यक्रिया गरेर शरीर छुटाउने सम्भावना छैन भन्दा पनि हुन्छ’, उहाँले भन्नुभयो, ‘एउटै मुटु भएकाले श्वासप्रवास बढेको छ । आईसीयुमा राखेर उपचार गरिहरेका छौँ ।’

उहाँले परिवारको आर्थिक अवस्था कमजोर भएकाले डाक्टरहरुले नै खर्च जुटाएर उपचार गरिरहेको जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया