सप्तरीमा भ्यानको ठक्करबाट आमाको मृत्यु, छोरी गम्भीर घाइते

 मंसिर १४, २०७५ शुक्रबार १६:५८:५९ | शुभनारायण यादव
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सप्तरी – सप्तरीको राजविराज रुपनी सडकखण्ड अन्तर्गत रुपनी गाउँपालिका १ मा भ्यानको ठक्करबाट एक महिलाको ज्यान गएको छ ।

राजविराजबाट रुपनीतर्फ जाँदै गरेको ना १ ज ८१०३ नम्बरको म्याजिक भ्यानकाे ठक्करबाट पैदल यात्री रुपनी गाउँपालिका वडा नम्बर १ का ३८ वर्षका प्रमिलादेवी पासवानको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डीएसपी भावेश रिमालले जानकारी दिनुभयो ।

त्यो दुर्घटनामा पासवानकी १४ महिनाका छोरी पार्वतीकुमारी पासवान गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । भ्यानको ठक्करबाट आमा र छोरी दुवै घाइते भएको तथा आमाको युनिक अस्पताल रायपुरमा उपचारको क्रममा ज्यान गएको प्रहरीले जनाएको छ । छोरीको युनिक अस्पतालमै उपचार भइरहेका छ ।

भ्यानसहित चालकलाई इलाका प्रहरी कार्यालय रुपनीको नियन्त्रणमा लिएको छ ।


 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया