सप्तरीको कञ्चनरुपमा हात्ती आतंक कायमै, फेरि तीन घरमा क्षति पुर्‍यायाे

 मंसिर १५, २०७५ शनिबार १३:५३:४९ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीको कञ्चनरुप – १२, धरमपुरमा शुक्रबार राति कोशी टप्पु वन्यजन्तुु आरक्षणबाट दर्जनौंको संख्यामा आएको जंगली हात्तीले ३ जनाको घर भत्काउनुका साथै अन्नबाली खाएर नष्ट पारेको छ ।

कञ्चनरुप नगरपालिका–१२, धरमपुर बस्ने बलिमाया वि.क.को १ घर र अन्नबाली ,अर्जुन वि.क.को १ घर र अन्नबाली, प्रकाश वि.क. को १ घर र अन्नबाली खाएपछि लाखौंको क्षति हुनुका साथै घर भत्केकाले राति बास बस्न समेत कठिनाइ भएको १२ नम्बरका वडाका सदस्य लिल बहादुर मगरले बताउनुभयो । 

यो क्षेत्रमा प्राय जसो दिनहुँ हात्तीले जनधनको क्षति पु–याउँदासमेत सम्बन्धित निकायले हात्ती नियन्त्रण गर्न पहल नगरेकोमा स्थानीयबासी आक्रोशित छन् ।

दिनहुँ हुलका हुल जंगली हात्ती गाउँमा पसेपछि थाल, टिन ठटाउँदै रातभर स्थानीय गाउँलेहरु जाग्राम बस्न बाध्य भएको स्थानीय डिक बहादुर वि.क.ले जानकारी दिनुभयो । 
उहाँका अनुसार कुन बेला हात्ती आएर ज्यान लिने हो त्यसको टुङ्गो हुन्न । सप्तरीको उत्तरी क्षेत्रमा जंगली हात्तीले बर्सेनि जनधनको क्षति गर्ने गरेको स्थानीयबासीहरुको भनाई छ ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया