अख्तियारमा कर्णालीका स्थानीय तहसँग सम्बन्धित उजुरी धेरैै

 मंसिर १९, २०७५ बुधबार १९:३५:५९ | मुना हमाल
unn.prixa.net

सुर्खेत – पछिल्लो समय अख्तियारमा स्थानीय तहसँग सम्बन्धित उजुरीहरु बढ्दै गएका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतका अनुसार स्थानीय तहसँग सम्बन्धित भ्रष्टाचारका उजुरीहरु बढ्दै आउन थालेका हुन् । विकास निर्माणका काम र कर्मचारी व्यवस्थापनमा अनियमितता भएको र कामहरुमा गुणस्तर नभएको भन्दै बढी उजुुरी आउने गरेको आयोगले जनाएको छ । 

हालसम्म परेका ५ सय ३ उजुरीमध्ये सबैभन्दा बढी १ सय ५५ उजुरी स्थानीय तहसंँग सम्बन्धित छन् । यस्तै शिक्षासँग सम्बन्धित उजुरी धेरै छन् । 

‘विकास निर्माण तथा कर्मचारी व्यवस्थापनमा स्थानीय तह बढी सक्रिय भएका कारण पनि स्थानीय तहसँग सम्बन्धित उजुरी बढी आउन थालेका छन्’ कार्यालय प्रमुख ज्ञानराज सुवेदीले भन्नुभयो ।’ 

स्थानीय तहसँग सम्बन्धित १ सय ५५ उजुरी परेका छन् ।  

यस्तै अख्तियारमा शिक्षामा उजुरी धेरै परेका छन् । स्थानीय तहमा शिक्षक नियुक्ति, विद्यालयका भवन निर्माण गर्दा अनियमिता र काममा गुणस्तर नभएको भन्दै बढी उजुरी आउने गरेको कार्यालय जनाएको छ ।

चालु आर्थिक वर्षको कात्तिकसम्ममा कर्णाली प्रदेशका १ सय ४५ उजुरी आयोगमा परेका छन् । 

यसैबीच चालु आर्थिक वर्षको चार महिनामा ३ सय २३ उजुरी परेका छन् जसमध्ये सबैभन्दा बढी १ सय ६ वटा सुर्खेतबाट छन् । 

कार्यालयले यो चालु आर्थिक वर्षमा १ जनलाई रंगेहात पक्राउ गरेको छ । अनुसन्धानका क्रममा यस चालु आर्थिक वर्षमा मात्र  ११ लाख ७३ हजार ९ सय ९१ रुपैँया असुली गरेको छ । 
 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया