मलेसियामा विदेशी कामदारको न्युनतम तलबको २० प्रतिशत कटौती गर्ने प्रस्ताव

 पुस १, २०७५ आइतबार १४:४६:३९ | उज्यालो सहकर्मी

काठमाडौं – मलेसियाका मानव संशाधन मन्त्री एम कुलासेगरनले विदेशी कामदारको न्युनतम पारिश्रमिकको २० प्रतिशत कटौती गर्ने प्रस्ताव रोजगारदाता समक्ष राख्नुभएको छ । 

यो प्रावधानले मलेसियामा कम्पनी छाडेर हिँड्ने समस्या समाधानमा सहयोग गर्ने विश्वास लिएको मन्त्री कुलासेगरनको भनाई छ । 

‘गएको हप्ता यो प्रस्ताव राष्ट्रिय श्रम सल्लाहकार परिषदमा पठाएको छु, यसबारे सरोकारवालाकाबीच छलफल भइरहेको छ,’ उहाँले भन्नुभएको छ, ‘यदि यो प्रस्ताव कार्यान्वयनमा आयो भने रोजगारदाता र कामदार दुवै पक्षलाई फाइदा हुनेछ ।’

यसरी काटिएको रकम सामाजिक सुरक्षा संगठनमा जम्मा हुने र करार अवधि सकिएर फर्किँदा पाउने व्यवस्था गरिने उहाँले बताउनुभएको छ । 

जापान र कोरियामा पनि यो व्यवस्था लागू भएको र कामदार कम्पनी छाडेर भाग्ने समस्या समाधानमा सफल भएको उदाहरण दिँदै उहाँले मलेसियाका पनि धेरैजसो रोजगादाताले यो प्रस्तावलाई स्वीकार गरेको बताउनुभएको छ । 

कामदार काम छाडेर भागेको खण्डमा रोजगारदातालाई आर्थिक भारको जोखिमबाट रोक्न पनि दुवैको हित हुने गरी यस्तो प्रस्ताव अघि सारिएको उहाँले बताउनुभएको छ ।

मलेसियाले आउँदो जनवरीदेखि लागू हुने गरी कामदारको न्युनतम पारिश्रमिक बढाएको छ । जसअनुसार आउँदो कामदारले १०५० रिंगिट न्युनतम तलब पाउनेछन् । 

अहिले सरकारले प्रस्ताव गरेको नीति लागू भएमा हरेक रोजगारदाताले कामदारको मासिक २१० रिंगिट कटौती गरी सामाजिक सुरक्षा योजनाअन्तर्गत जम्मा हुनेछ । 
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया