मेक्सीकोको सिमाना पार गरेर अमेरिका पुगेका ८ वर्षीय बालकको हिरासतमै मृत्यु

 पुस ११, २०७५ बुधबार ७:१७:४३ | एजेन्सी
unn.prixa.net

अमेरिकाको सरकारी हिरासतमा रहेका ८ वर्षको बालकको ज्यान गएको छ । अमेरिका–मेक्सीको सिमाना पार गरेको आरोपमा पक्राउ परेका ग्वाटेमालाका ८ वर्षका बालकको ज्यान गएको आप्रवासन अधिकारीले बताएका बीबीसीले जनाएको छ ।

चिसो र ज्वरोका कारण थलिएका बालकको उपचारको क्रममा अस्पतालमा ज्यान गएको अमेरिकी सीमा सुरक्षाले निकालेको विज्ञप्तीमा उल्लेख छ । यसअघि ७ वर्षकी बालिकाको पनि डिहाइड्रेसन र यातनाका कारण ज्यान गएको द वासिङटन पाष्टले जनाएको छ ।

पछिल्लो समय विभिन्न देशमा विस्थापित भएका आप्रवासी साना छोराछोरीसहित अमेरिका पस्ने क्रम बढेपछि अमेरिकाले थप कडाई गरेको छ ।  

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया