कर्णालीको भोकमरी र गरिबीबारे सत्य–तथ्य अध्ययन गरिन्छ : अर्थमन्त्री ज्वाला

 पुस १६, २०७५ सोमबार १५:११:५ | नेत्र शाही
unn.prixa.net

जुम्ला – कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले मिडियाले बाहिर ल्याएको कर्णालीमा खानै नपाउने र  भोकमरीको अवस्थाको समाचार ‘सत्य हो वा होइन’ भन्नेबारे विस्तृत अध्ययन गरिने बताउनुभएको छ ।

प्रेस संगठन जुम्लाले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले कर्णालीको भोकमरीको विषयमा जसले सार्वजनिक गरेको तथ्यांक भएपनि चाँडै कार्यदल गठन गरेर कर्णालीको खास अवस्थाको बारेमा अध्ययन प्रतिवेदन निकालिने बताउनुभयो ।

मन्त्री ज्वालाले भन्नुभयो, ‘कर्णालीमा धेरै जसो चामल अभावलाई भोकमरी भन्ने पनि गरिन्छ अब साच्चिकै अध्ययन गरेर भोकमरीको अवस्था पत्ता लगाउँछौं ।’ उहाँले यसमा लागि स्थानीय सरकारले हरेक वडा र घरको आर्थिक अवस्थाको तथ्यांक राख्नुपर्ने बताउनुभएको छ ।

उहाँले कर्णाली प्रदेशलाई अरु प्रदेशसँग नदाजी भिन्नै विशेष अनुदान र समपुरक बजेट दिएमा समृद्धिको ढोका खुल्ने बताउनुभयो । कर्णाली सरकारको आगामी वर्षको नीति योजनाहरुको छलफल तथा सुझाव संकलन गर्न जुम्ला आउनुभएका मन्त्री ज्वालाले पत्रकार सम्मेलनमा यहाँको लोभ लाग्दो स्रोत उपयोग गर्न प्रयाप्त बजेटको अभाव भइरहेको बताउनुभयो ।

उहाँले विधुत, सडक, पर्यटकीय पूर्वाधार, सामाजिक विकासका लागि आधार तयार गर्न संघीय सरकारले ठूलो लगानी गर्न आवश्यक रहेको बताउनुभयो । कर्णालीको पानीलाई मेघावाट स्तरको बत्ति निकाल्न, यहाँको नाग्म गमगडी रारा मार्ग बाटो स्तरवृद्धि गर्न, कर्णालीमा पर्यटकीय सर्किट तथा पूर्वाधार तयार गर्न टुक्रे बजेटले नसकिएकाले गौरवको आयोजना आवश्यक रहेको बताउनुभयो ।

मन्त्री ज्वालले कर्णालीको विकासका लागि सरकारले लगानी जुटाउन प्रयास गरिरहेको समेत बताउनुभयो । उहाँले पहिलो संघीय सरकारको अनुदानमा बढाउने र दोस्रो साझेदार निकायहरुसँग लगानीमा जोड दिन समन्वय गर्ने प्रदेश सरकारले रणनीति अगाडि बढाएको बताउनुभयो ।

उहाँले जमुनाह हिल्सा द्रूर्तमार्गको लगानी समेतको लागि लगानीकर्ता कर्णाली सरकारले खोजीरहेको बताउनुभयो । सरकारले भूगोलको आधारमा ठीक बीचमा रहेको साविक कर्णालीको मुकाम जुम्लालाई थप विकास गर्दै लैजाने बाचा गर्दै आएको देखिन्छ ।

कर्णालीको राजधानीको रुपमा हिस्सा माग गरेको जुम्लामा सिंजा सभ्यताको संरक्षण प्रर्वद्धन, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको ‘अपग्रेड’, चन्दननाथ भैरवनाथ र डुडु चैत्यको पर्यटकीय सम्भावना, बिजुली, सडक, कृषि, जडिबुटी, शैक्षिक हवलगायतका विषयमा पनि उहाँले योजना अगाडि बढाउने दोहो¥याउनुभयो । 

अन्तिम अपडेट: बैशाख २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नेत्र शाही

जुम्लामा बसेर पत्रकारिता गर्ने नेत्र शाही उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया