वडा कार्यालयसहित तीन ठाउँमा चोरी

 पुस १६, २०७५ सोमबार १५:३९:१४ | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दियाको ठाकुरबाबा नगरपालिकामा एकै रातमा तीन ठाउँमा चोरी भएका छ ।

आइतबार राति बर्दिया ठाकुरबाबा नगरपालिका–९, को वडा कार्यालय, ठाकुरद्वारा बजारमा रहेको उत्तम सुनचाँदी पसल र चौधरी तरकारी पसलमा चोरी भएको वडाध्यक्ष राधा चौधरीले जानकारी दिनुभयो । 

ठाकुरद्वारा बजारमै रहेको ठाकुरबाबा नगरपालिकाको ९ नम्बर वडा कार्यलयमा तोडफोड तथा चोरी भएको हो । सोमबार बिहान १० बजे वडा अध्यक्ष राधा चौधरी कार्यालयमा आउँदा चोरी भएको थाहा पाएपछि इलाका प्रहरी कार्यालयमा जानकारी गराएको बताउनुभयो । 

वडा कार्यालयबाट २२ हजार रकम चोरी भएको र वडा कार्यालयका अधिकांश टेबल र दराज फुटाइएको वडाध्यक्ष राधा चौधरीले बताउनुभयो । ‘वडा कार्यालयका लकरहरु चोरले फोडेको छ, दाखिला गर्ने भनेर लकरमा राखिएको २२ हजार नगद चोरिएको र कागजपत्र जथाभावी फलिएको छ’, उहाँले बताउनुभयो । 

त्यस्तै, आइबार राति नै ठाकुरद्वारा बजार नजिक रहेको उत्तम सुनचाँदी पसलको ताला फुटाइ सुनचाँदीसहित नगद रकम चोरी भएको छ । उत्तम सुनचाँदी पसलबाट साढे २ तोला सुन, ३ किलो चाँदीसहित झण्डै ३ लाख बढीको चोरी भएको र चौधरी तरकारी पसलको दुई वटा साइकल चोरी भएको प्रहरीले जनाएको छ । 

आइतबार बिहान २ बजेतिर वडा कार्यालय, सुनचाँदी पसल र तरकारी पसलमा चोरी भएको हो । तीन ठाउँमा भएको चोरीका विषयमा खोज अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय भुरिगाउँका प्रहरी निरीक्षक प्रदिपकुमार डिसीले बताउनुभयो । 
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया