डलरसहित अरु विदेशी मुद्राको भाउ घट्यो, मलेसियन रिंगिटको बढ्यो

 पुस १७, २०७५ मंगलबार ९:१४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं - अमेरिकी डलरलगायत अरु विदेशी मुद्राको भाउ घटेको छ । तर मलेसियन रिंगिटको भने भाउ केही पैसाले बढेको छ ।

सोमबार स्थिर रहेको डलरको भाउ मंगलबार घटेको हो । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ३४ पैसा र बिक्रीदर १११ रुपैयाँ ९४ पैसा तोकेको छ । आइतबार र सोमबार अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११२ रुपैयाँ २१ पैसा थियो । 

यस्तै मंगलबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६८ पैसा र बिक्रीदर २९ रुपौँ ८४ पैसा तथा कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५८ पैसा र बिक्रीदर ३० रुपैयाँ ७४ पैसा तोकिएको छ । सोमबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७५ पैसा र बिक्रीदर २९ रुपैयाँ २१ पैसा तथा कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा नै तोकिएको छ । 

मंगलबार युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४६ पैसा तोकेको छ । आइतबार र सोमबार युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा थियो ।

मंगलबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ९४ पैसा र बिक्रीदर २७ रुपैयाँ ०९ पैसा तोकिएको छ । आइतबार र सोमबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ८८ पैसा र बिक्रीदर २७ रुपैयाँ ०२ पैसा थियो ।

मलेसियन रिंगिटको भाउ केही पैसाले बढे पनि कुवेती दिनार बहराइन दिनारको भने भाउ घटेको छ । मंगलबार कुवेती दिनार १ को खरिददर ३६६ रुपैयाँ ९१ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ८९ पैसा तथा बहराइन दिनार १ को खरिददर २९५ रुपैयाँ ३३ पैसा र बिक्रीदर २९६ रुपैयाँ ०२ पैसा तोकिएको छ । 

सोमबार कुवेती दिनार १ को खरिददर ३६७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ६० पैसा तथा बहराइन दिनार १ को खरिददर २९६ रुपैयाँ ०९ पैसा र बिक्रीदर २९७ रुपैयाँ ६८ पैसा थियो । 

यसैगरी मंगलबारको लागि कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०४ पैसा तोकिएको छ । सोमबार कोरियन वनको खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०५ पैसा थियो ।
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया