सरकारले तोकेको उखुको मूल्य मान्दैनौँ : चिनी उत्पादक महासंघ

 पुस २०, २०७५ शुक्रबार ११:६:११ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – सरकारले बिहीबार निर्धारण गरेको मूल्यमा चिनी कारखाना सञ्चालन गर्न नसक्ने नेपाल चिनी उत्पादक महासंघले जनाएको छ । 

बिहीबार सरकारले  आर्थिक वर्ष २०७५/७६ का लागि उखुको न्यूनतम खरिद मूल्य प्रतिक्विन्टल ५ सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको थियो । उखुको मूल्य निर्धारण गर्दा सरकारले चिनी उत्पादक महासंघसँग कुनै छलफल नै नगरी अस्वाभाविक रुपमा निर्धारण गरेकोले त्यो मूल्य कुनै पनि हालतमा स्वीकार्य नहुने चिनी उत्पादक महासंघका अध्यक्ष शशिकान्त अग्रवालले बताउनुभयो । 

एउटै देशमा उखुको दुई किसिमको मूल्य नहुने बताउँदै नवलपरासी पश्चिमका चिनी कारखानाले ३८५ रुपैयाँमा उखु खरिद गरेकाले त्यसलाई आधार मानेर सरकारले उखुको मूल्य निर्धारण गर्नुपर्ने अग्रवालको भनाई छ । महोत्तरीको रामनगरमा रहेको एभरेष्ट सुगरमिलका सञ्चालकसमेत रहेका उहाँले आज सरकारका मन्त्रीलाई भटेर यसबारे थप  छलफल गर्ने बताउनुभयो । 

किसान खुशी

यता सरकारले उखुको मूल्य निर्धारण गरेपछि उखु किसान खुशी भएका छन् ।  लामो समयसम्म पनि   मूल्य निर्धारण नभएको कारण खेतमा नै उखु सुक्न थालेपछि उखु किसानहरू चिन्तामा परेका थिए । क्रसिङका लागि उद्योगले  किसानको उखु खरिद गरेर धमाधम मिल सञ्चालन गर्नु पर्ने नेपाल उखु उत्पादन महासंघका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो ।

उहाँले आजभन्दा पाँच वर्ष पहिले नै किसानसँग ५३६ रुपैयाँमा उद्योगले उखु खरिद गरिसकेकाले यो  मूल्य कुनै अस्वाभाविक नभएको जिकीर गर्नुभयो ।  पुसको तेस्रो साता बितिसक्दा समेत  चिनी उद्योग सञ्चालन नभएपछि यस वर्ष पनि किसानको उखु खेतमा  सुक्ने सम्भावना कायमै छ
 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया