सबै विदेशी मुद्राको भाउ बढ्यो

 पुस २५, २०७५ बुधबार १२:१३:४ | उज्यालो सहकर्मी

काठमाडौं – बुधबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ ।

आइतबार, सोमबार र मंगलबार लगातार भाउ घटेकोमा बुधबार भने विदेशी मुद्राको भाउ केही पैसाले बढेको हो । नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर १ को खरिददर ११२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११२ रुपैयाँ ६३ पैसा तोकेको छ । मंगलबार डलरको खरिददर १११ रुपैयाँ २० पैसा र बिक्रीदर १११ रुपैयाँ ८० पैसा थियो ।

नेपाल राष्ट्र बैंकले बुधबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ८७ पैसा तथा बिक्रीदर ३० रुपैयाँ ०३ पैसा तोकेको छ । मंगलबार साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ६५ पैसा तथा बिक्रीदर २९ रुपैयाँ ८१ पैसा तोकेको थियो । 

आज बुधबार कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ७७ पैसा र बिक्रीदर ३० रुपैयाँ ९३ पैसा तोकिएको छ । हिजो कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ५४ पैसा र बिक्रीदर ३० रुपैयाँ ७० पैसा थियो । 

मंगलबारको तुलनामा बुधबार दिर्हाम दिनार र रिंगिटको भाउ पनि बढेको छ । युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ५० पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ छ ।  मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ २० पैसा र बिक्रीदर २७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार १ को खरिददर ३६९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३७१ रुपैयाँ ५३ पैसा तोकिएको छ । 

हिजो मंगलबार युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ २७ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ थियो भने  मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ०२ पैसा र बिक्रीदर २७ रुपैयाँ १७ पैसा, कुवेती दिनार १ को खरिददर ३६६ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ९० पैसा रहेको थियो । 

त्यस्तै बहराईन दिनार १ को खरिददर २९७ रुपैयाँ १६ पैसा र बिक्रीदर २९८ रुपैयाँ ७५ पैसा तोकिएको छ । कोरियन वन एकसयको खरिददर ९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १० रुपैयाँ तोकिएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया