बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर

 माघ ३, २०७५ बिहिबार १०:५४:२५ | उज्यालो सहकर्मी

काठमाण्डौ – बुधबारजस्तै बिहीबार पनि रियाल, रिंगिट, दिर्हाम लगायतका सबै विदेशी मुद्राको भाउ बढेको छ । 

बिहीबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११४ रुपैयाँ २९ पैसा तोकेको छ । हिजो बुधबार अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११३ रुपैयाँ ९६ पैसा रहेको थियो । 

आज बिहीबार साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा तोकिएको छ । बुधबार खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा थियो ।

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा तोकिएको छ । हिजो बुधबार १ को खरिददर ३१ रुपैयाँ १४ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३० पैसा थियो ।

यस्तै युएई दिर्हामको भाउ बिहीबार एकको खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ ११ पैसा तोकिएको छ । 

बुधबार स्थिर रहेको मलेसियन रिंगिट बिहीबार केही पैसाले बढेको छ । रिंगिट १ को खरिददर २७ रुपैयाँ ६७ पैसा र बिक्रीदर २७ रुपैयाँ ८१ पैसा तोकिएको छ । हिजो खरिददर २७ रुपैयाँ ६१ पैसा र बिक्रीदर २७ रुपैयाँ ७६ पैसा रहेको थियो ।

आज बिहीबार कुवेती दिनार १ को खरिददर ३७५ रुपैयाँ ०४ पैसा र बिक्रीदर ३७७ रुपैयाँ ०१ पैसा छ । बहराइन दिनारको एकको खरिददर ३०१ रुपैयाँ ५२ पैसा तथा बिक्रीदर ३०३ रुपैयाँ १२ पैसा तोकिएको छ ।

यस्तै कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रीदर १० रुपैयाँ १८ पैसा तोकिएको छ । 
 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया