डोटीमा गाडीको ठक्करबाट एकजनाको ज्यान गयो, अर्का एकजना घाइते

 माघ ७, २०७५ सोमबार १५:२३:५४ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको जोरायल गाउँपालिका–२, धारापानीमा से ६ प १४५३ नम्बरको मोटरसाइकललाई एउटा गाडीले ठक्कर दिँदा एकजनाको ज्यान गएको छ भने अर्का एकजना घाइते भएका छन् । 

इलाका प्रहरी कार्यालय बुडरका प्रहरी नायब निरीक्षक रुपसिंह थापाले दिनुभएको जानकारी अनुसार गाडीको ठक्करबाट मोटरसाइकलमा रहेका कैलाली हसनपुर बस्ने १९ वर्षीय प्रज्वल शाह घाइते भएका थिए । 

घाइते शाहको सेती अञ्चल अस्पताल धनगढीमा उपचारको क्रममा सोमबार ज्यान गएको बुडर प्रहरीले जनाएको छ । 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक त्यसै ठाउँका बस्ने २० वर्षीय रोशन लामाको सेती अञ्चल अस्पतालमा उपचार भइरहेको छ । 
ठक्कर दिने गाडीको नम्बर नखुलेको र खोजी कार्य भइरहेको प्रहरी नायब निरीक्षक थापाले जानकारी दिनुभयो । आइतबार साँझ मोटरसाइकललाई ठक्कर दिएर गाडी र चालक अहिलेसम्म फरार रहेको प्रहरीले जनाएको छ । 


 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया