मंगलबार डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो

 माघ २२, २०७५ मंगलबार ११:२१:५ | उज्यालो सहकर्मी

काठमाण्डौ – मंगलबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ । केही दिन स्थिर रहेको भाउ मंगलबार बढेको हो ।

मंगलबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ ५९ पैसा र बिक्रीदर ११५ रुपैयाँ १९ पैसा तोकेको छ । सोमबार डलरको खरिददर ११३ रुपैयाँ ६९ पैसा र बिक्रीदर ११४ रुपैयाँ २९ पैसा थियो । 

साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा छ । सोमबार खरिददर ३० रुपैयाँ ३१ पैसा र बिक्रीदर ३० रुपैयाँ ४७ पैसा थियो । 

यस्तै मंगलबार कतारी रियाल १ को ३१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ६३ पैसा तोकिएको छ । सोमबार यसको खरिददर ३१ रुपैयाँ २२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३९ पैसा थियो । 

यस्तै यूएई दिर्हाम १ को ३१ रुपैयाँ २० पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा  पुगेको छ । सोमबार खरिददर ३० रुपैयाँ ९५ पैसा र बिक्रीदर ३१ रुपैयाँ १२ पैसा थियो । 

मलेसियन रिंगिट १ को २७ रुपैयाँ ९९ पैसा र बिक्रीदर २८ रुपैयाँ १४ पैसा तोकिएको छ । सोमबार रिंगिटको खरिददर २७ रुपैयाँ ७६ पैसा र बिक्रीदर २७ रुपैयाँ ९० पैसा थियो । 

कुवेती दिनार १ को खरिददर ७७७ रुपैयाँ ९९ पैसा र बिक्रीदर ३७९ रुपैयाँ ९७ पैसा तथा बहराइन दिनार १ को खरिददर ३०३ रुपैयाँ ९५ पैसा तथा बिक्रीदर ३०५ रुपैयाँ ५४ पैसा तोकिएको छ ।

सोमबार कुवेती दिनार १ खरिददर ३७५ रुपैयाँ १६ पैसा र बिक्रीदर ३७७ रुपैयाँ १४ पैसा तथा बहराइन दिनारको १ को खरिददर ३०१ सय ५७ पैसा र बिक्रीदर ३०३ रुपैयाँ १६ पैसा थियो ।

त्यस्तै कोरियन वन एकसयको खरिददर १० रुपैयाँ २३ पैसा र बिक्रीदर १० रपैयाँ २८ पैसा छ । सोमबार यसको भाउ घटेर खरिददर १० रुपैयाँ १६ पैसा र बिक्रीदर १० रुपैयाँ २१ पैसा थियो ।  
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया