कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको ज्यान गयाे

 माघ २४, २०७५ बिहिबार २०:८:११ | रामबाबु खड्का
unn.prixa.net

बारा - बारामा बिहीबार एउटा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएकाे छ ।

कलैया उपमहानगरपालिका-१६ उत्तरझिटकैयामा भएकाे दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्। 

कलैयाबाट पिलुवातर्फ जाँदै गरेको बा १९ च ३७२९ नम्बरको कारले विपरीत दिशाबाट आउँदै गरेको ना ५० प १०८० नम्बरको मोटरसाइकललाई बिहान साढे एघार बजे ठक्कर दिँदा जीतपुर सिमरा उपमहानगरपालिका-१८ बडहर्वाका ३० वर्षीय संजिव ढकालको उपचारको क्रममा कलैया अस्पतालमा मृत्यु भएको बारा प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा रहेका कलैया उपमहानगरपालिका-२४ का २४ वर्षीय रंजित पटेल गम्भिर घाइते भएका छन् । उनको कलैयामा उपचार हुन नसकेपछि वीरगञ्जमा रहेकाे हेल्थकेयरमा पठाइएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरिक्षक रंजितसिंह राठौरले बताउनु भयो  ।

ठक्कर दिने कारका चालक फरार रहेको प्रहरीले जनाएको छ । दुवै सवारी प्रहरी नियन्त्रणमा रहेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया