मलेसियन रिंगिटको भाउ बढ्यो

 माघ २५, २०७५ शुक्रबार १०:२२:४ | उज्यालो सहकर्मी

काठमाण्डौ – शुक्रबार मलेसियन रिंगिट बाहेक सबै विदेशी मुद्राको भाउ घटेको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकले अमेरिकी डलर १ को खरिददर ११४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ११४ रुपैयाँ ६३ पैसा तोकेको छ । बिहीबार डलरको खरिददर ११४ रुपैयाँ १९ पैसा र बिक्रीदर ११४ रुपैयाँ ७९पैसा  थियो । 

शुक्रबार साउदी रियाल १ को खरिददर ३० रुपैयाँ ४१ पैसा र बिक्रीदर ३० रुपैयाँ ५७ पैसा छ । बिहीबार खरिददर ३० रुपैयाँ ४५ पैसा र बिक्रीदर ३० रुपैयाँ ६१ पैसा थियो । 

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ४८ पैसा तोकिएको छ । हिजो खरिददर ३१ रुपैयाँ ३६ पैसा र बिक्रीदर ३१ रुपैयाँ ५२ पैसा थियो ।

 शुक्रबार यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ०५ पैसा र बिक्रीदर ३१ रुपैयाँ २१ पैसा रहेको छ । हिजो खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा थियो । 

त्यसैगरी शुक्रबार मलेसियन रिंगिटको भाउ भने केही पैसाले बढेको छ । मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ९९ पैसा र बिक्रीदर २८ रुपैयाँ १४ पैसा तोकिएको छ ।  हिजो खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा तोकिएको थियो । 

कुवेती दिनार १ को खरिददर ३ सय ७५ रुपैयाँ ४० पैसा र बिक्रीदर ३ सय ७७ रुपैयाँ ३८ पैसा तथा बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ४६ पैसा तथा बिक्रीदर ३०४ रुपैयाँ ०५ पैसा तोकिएको छ । 

बिहीबार कुवेती दिनार १ खरिददर ३ सय ७६ रुपैयाँ १८ पैसा र बिक्रीदर ३ सय ७८ रुपैयाँ १६ पैसा तथा बहराइन दिनार १ को खरिददर ३०२ रुपैयाँ ८९ पैसा तथा बिक्रीदर ३०४ रुपैयाँ ४८ पैसा थियो ।

कोरियन वन एकसयको खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रीदर १० रपैयाँ १८ पैसा छ । हिजो एक सयको खरिददर १० रुपैयाँ १९ पैसा र बिक्रीदर १० रपैयाँ २४ पैसा थियो ।  
 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया