लगातारको वर्षाले सर्लाहीमा ४ करोडभन्दा बढीको काँचो इँटा गलेर नष्ट

 माघ २६, २०७५ शनिबार २०:१:४५ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – शुक्रबार साँझदेखि परेको लगातारको वर्षाले सर्लाहीमा ४ करोडभन्दा बढीको काँचो इँटा गलेर नष्ट भएको छ ।

जिल्लामा अहिले ८० वटा इँटा उद्याेग सञ्चालनमा रहेको सर्लाही  इट्टा व्यवसायी संघका अध्यक्ष मैथुर चौधरीले जानकारी दिनुभयो । एक महिनादेखि पकाउन ठिक्क पारेको इँटा वर्षाको पानीले गलेपछि त्यहाँबाट हटाउन समेत झन्झट हुने अध्यक्ष चौधरी बताउनुभयो।

भट्टामा पोल्न तयारी अवस्थामा राखेको इँटा पानीले नष्ट पारेपछि  इँटा व्यवसायीले ठूलो क्षति ब्यहोर्नुपरेको अम्बर इँटा उद्याेगका सञ्चालक नाग्रेन्द्र दाशले  बताउनुभयो।

पोल्नको लागि तयारी इँटा पानीले गलाउँदा प्रत्येक इँटा भट्टा उद्याेगले करिब २५ लाखसम्मको नोक्सानी बेहोर्नु परेको उहाँले गुनासो गर्नुभयो । एउटा इँटा तयार पार्न कम्तीमा तीन रुपैयाँ लाग्ने उद्याेगीहरुको भनाइ छ । बैंक तथा वित्तीय संस्थाहरुबाट महँगो ब्याज दरमा ऋण लिएर उद्योग व्यवसाय सञ्चालन गरेका उद्योगी व्यवसायीलाई बेमौसमी वर्षाले ठूलो आर्थिक क्षति पुर्‍याएको उनीहरुकाे गुनासो छ ।

त्यसैगरी शनिबार बिहान पानीसँगै परेको असिनाले  तेलहन, दलहन र तरकारी बालीमासमेत क्षति पुर्‍याएको छ । दलहनदेखि तोरी खेति पनि असिनाले नष्ट पारेको हरिपुर -१ का किसान गोपाल बस्नेतले गुनासो गर्नुभयाे । बेमाैसमे लगातार परेकाे झरीले देशभरका इँटा उद्याेगमा नाेक्सान पुर्‍याएकाे छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया