डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो

 फागुन ३, २०७५ शुक्रबार ९:५२:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ –  शुक्रबार पनि डलरसहित विदेशी मुद्राको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार लागि अमेरिकी डलर १ को खरिददर ११३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ११४ रुपैयाँ १६ पैसा तोकेको छ । बिहीबार डलरको खरिददर ११२ रुपैयाँ ९८ पैसा र बिक्रीदर ११३ रुपैयाँ ५८ पैसा थियो । 

यस्तै साउदी रियाल १ को खरिददर ३० रुपैयाँ २८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४४ पैसा छ । बिहीबार साउदी रियाल १ खरिददर ३० रुपैयाँ १३ पैसा र बिक्रीदर ३० रुपैयाँ २९ पैसा थियो । 

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३६ पैसा तोकिएको छ । बिहीबार यसको खरिददर ३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३१ रुपैयाँ २० पैसा थियो ।

शुक्रबारको लागि यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ९२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ०८ पैसा छ । अघिल्लो दिन दिर्हामको खरिददर ३० रुपैयाँ ७६ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा थियो ।

शुक्रबार मलेसियन रिंगिट १ को खरिददर २७ रुपैयाँ ८६ पैसा र बिक्रीदर २८ रुपैयाँ ०१ पैसा छ । बिहीबार रिंगिटको खरिददर २७ रुपैयाँ ७८ पैसा र बिक्रीदर २७ रुपैयाँ ९३ पैसा थियो ।

यस्तै शुक्रबार कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ५० पैसा र बिक्रीदर ३७५ रुपैयाँ ४८ पैसा तोकिएको छ । अघिल्लो दिन यसको खरिददर ३७१ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३७३ रुपैयाँ ९४ पैसा थियो ।

बहराइन दिनार १ को खरिददर ३०१ रुपैयाँ २३ पैसा र बिक्रीदर ३०२ रुपैयाँ ८२ पैसा छ । बिहीबार खरिददर २९९ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३०१ रुपैयाँ २८ पैसा थियो ।

यसैगरी कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०८ पैसा र बिक्रीदर १० रुपैयाँ १३ पैसा तोकिएको छ । बिहीबार वनको खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ ११ पैसा थियो । 
 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया