मुख्यमन्त्री रनिङ शिल्डको उपाधि रुकुम पश्चिम र कालिकोटलाई

 फागुन ५, २०७५ आइतबार २०:४२:२९ | मुना हमाल
unn.prixa.net

सुर्खेत – कर्णाली प्रदेश स्तरीय मुख्यमन्त्री रनिङ शिल्ड भलिबल प्रतियोगिताको उपाधि रुकुम पश्चिम र कालिकोटले जितेका छन् । 

सुर्खेतको वीरेन्द्रनगरमा प्रतियोगितामा पुरुष तर्फ रुकुमपश्चिम र महिलातर्फ कालिकोटले उपाधि हात पारेका हुन । फाइनल खेलमा पुरुषतर्फ रुकुम पश्चिमले सल्यानलाई ३–० ले पराजित गरेको हो । प्रतियोगितामा पुरुषतर्फ सल्यान उपविजेता र सुर्खेत तेस्रो बनेको छ । 

यस्तै महिलातर्फ कालिकोटले रुकुम पश्चिमलाई ३–० ले हराउँदै उपाधि जितेको हो । महिलातर्फ दैलेख तेस्रो भएको छ  । 

प्रतियोगितामा प्रथम हुने महिला पुरुर्ष तर्फ एक÷एक लाख, दोस्रो हुनेले ७५÷७५ हजार र तृतीय हुनेले ५०÷५० हजार रुपैँया प्राप्त गरेका छन् । यस्तै प्रतियोगितामा पुरुषतर्फ रुकुमका डायमण खड्का र महिलातर्फ कालिकोटका पवित्रा शाही उत्कृष्ट खेलाडी बनेका छन् । 

पहिलो पटक फागुन एक १ गतेदेखि सुरु भएको मुख्यमन्त्री रनिङ शिल्ड भलिबल प्रतियोगितामा कर्णाली प्रदेशका दशै वटै जिल्लाका खेलाडीहरुको सहभागिता रहेको थियो । 
 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया