बोल्न नसक्ने युवतीलाई जबर्जस्ती करणी गरेकाे आराेपमा दुई जना पक्राउ

 फागुन ११, २०७५ शनिबार १८:४९:३९ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी - सप्तरीको कंचनरुप नगरपालिका वडा न. ५ पथ्रीकी एक युवतीमाथि जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

बोल्न नसक्ने अवस्थाकी स्थानीय अन्दाजी २० वर्षीया आशा कुमारी सरदारलाई त्यसै ठाउँका २५ वर्षीय भिम मुखिया र ३५ वर्षिय भरत मुखियासमेतले ललाइ फकाइ कोशी टप्पु वन्यजन्तु आरक्षको जंगलमा लगेर जबर्जस्ती करणी गरेकोले दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनालाई थप आवश्यक अनुसन्धान कार्य भैरहेको पनि प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया