सुर्खेतमा किशोरी मृत फेला, बलात्कारपछि हत्या भएको आशंका

 फागुन ११, २०७५ शनिबार १९:२३:५१ | मुना हमाल
unn.prixa.net

सुर्खेत – सुर्खेतमा शुक्रबार एउटी किशोरी मृत अवस्थामा फेला परेकी छिन् ।

सिम्ता गाउँपालिका ४ नाडगाउँकी १६ वर्षीया  रेखा खड्का मृत भेटिएकी हुन् । उनको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरिएको छ । 

उनी यही फागुन ९ गते बेपत्ता भएकी थिइन् भने उनको शव शुक्रबार  फेला परेको थियो ।   शव घरदेखि ४ सय मिटर पर भेटिएको प्रहरीले जानकारी दिएको छ । 

शव रुखको तल र किशोरीको सल रुखमा अड्किएको अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय छिन्चुका इन्चार्ज निरोज चौलागाईंले जानकारी दिनुभयो । ‘घटनाको प्रकृति हेर्दा शंकास्पद रहेको छ । झुन्ड्याएर भुईँमा फालेको अवस्थामा हामीले भेटेका थियाैँ', उहाँले भन्नुभयो, ‘पोष्टमार्टमको रिर्पोट आएपछि मात्र के रहेछ भनेर थाहा हुन्छ ।’

आफन्तहरुले भने बलात्कारपछि हत्या भएको भनेर जाहेरी दिएको इन्चार्ज चौलागाईँले बताउनुभयो । यस घटनामा प्रहरीले उनका प्रेमी बिमल चन्दसहित तीन जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।  

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मुना हमाल

मुना हमाल सुर्खेतका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया