‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि प्रदेश २ बाट २२ लाख रकम संकलन

 फागुन १८, २०७५ शनिबार २०:५६:२ | धनवीर महतो
unn.prixa.net

महोत्तरी – धुर्मुस-सुन्तली फाउण्डेशनले चितवनमा निर्माण गर्ने ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि प्रदेश २ बाट पहिलो चरणमा २२ लाख ४० हजार ५ सय रुपैयाँ संकलन भएको छ । 

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ को संयोजनमा रङ्गशाला निर्माणको लागि महोत्तरीको बर्दिवासमा घोषणा गरिएको खुत्रुके अभियानमा याे रकम संकलन भएको हो । फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेल ‘धुर्मुस’ को उपस्थितिमा नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघका पदाधिकारीहरुले संकलन गरिएकाे २२ लाख ४० हजार ५ सय रुपैयाँ सहयोग हस्तान्तरण गरेका हुन् । 

रङ्गशाला निर्माण अभियानका लागि चितवन पुगेका धुर्मुस सहयोग संकलन अभियानकै क्रममा त्यतैबाट बर्दिवास जानुभएकाे थियाे । सिताराम कट्टेल (धुर्मुस) ले आफ्नो तर्फबाट एक हजार रुपैयाँ खुत्रुकेमा खसालेर खत्रुके अभियानको सुरुवात गर्नुभएकाे थियाे ।

नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का अध्यक्ष हिरा गौतमले प्रदेश २ का आठ वटै जिल्लामा सञ्चालित होटलहरुमा रंगशाला निर्माणको लागि खुत्रुके अभियानकै रुपमा खुत्रुके राखिने समेत बताउनुभयाे ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

धनवीर महतो

धनवीर महतो महोत्तरीकाे उज्यालो सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया