सप्तरीमा व्यापारीको अपहरण प्रयास, तीनजना पक्राउ

 फागुन २७, २०७५ सोमबार ८:४९:५३ | शुभनारायण यादव
unn.prixa.net

सप्तरी – सप्तरीमा एकजना कपडा व्यापारीलाई अपहरणको प्रयास गरिएको छ । डाक्नेश्वरी नगरपालिका वडा न. १ कविलासा निवासी जियाउल हक बोदे बर्साइन बजारमा सञ्चालन गरेको पसल बन्द गरेर घरतर्फ आउँदै गरेको बेलामा शनिबार राति अपरिचित व्यक्तिहरुको एक समूहले कब्जामा लिई भारततर्फ लगेका थिए ।

डाक्नेश्वरी नगरपालिकाकै हटैल हुँदै भारततर्फ लैजाने क्रममा भारतीय एसएसबीले नेपाल र भारतको बीचमा रहेको नारी सीमा नाकामा जाँच गर्दा जियाउलको हात बाँधेको देखेर सोध्नै लाग्दा अपहरणकारी आफूलाई छाडेर भागेको जियाउलले जानकारी दिनुभयो ।

बोदे बर्साइनबाट स ८ प ७४७० नम्बरको मोटरसाइकलमा घरतर्फ आउने क्रममा रञ्जितपुर भन्ने ठाउँमा रहेका ७/८ जनाको समूहले जियाउललाई कुटपिट गरेर बेहोस बनाएर हात बाँधी भारततर्फ लगिरहेका थिए ।  जियाउलले भन्नुभयो ‘सीमामा एसएसबीले जाँच गरेको भएर जोगिएँ ।’ 

सीमामा अपहरणबाट जोगिएका जियाउललाई स्थानीयहरुले उद्वार गरी राजविराजमा रहेको गजेन्द्रनारायण सिंह  अस्पतालमा उपचारका लागि भर्ना गरेको प्रहरीले जनाएको छ ।

यसैबीच आफ्नो अपहरणको प्रयास भएको भन्दै जियाउलले दाजु सम्सुलमार्फत् जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराउनु भएको छ । उजुरी दर्ता लगत्तै तीन जनालाई पक्राउ गरी आवश्यक सोधपुछ गरिरहेको प्रहरीले जनाएको छ ।

डाक्नेश्वरी नगरपालिका १ कविलासाकै तीन जनालाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी एवं प्रवक्ता भावेश रिमालले जानकारी दिनुभयो । पक्राउ परेकाको नाम खुलाइएको छैन । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया