मलेसियामा गाडी दुर्घटना हुँदा ३० जना नेपाली घाइते

 असार ११, २०७५ सोमबार १२:५८:२४ | मेरो कथा मेरो भोगाई

सागर मगर/दाङ, हाल मलेसिया । 

म ‘प्लेक्सस साइड’ कम्पनीमा काम गर्छु । यो मलेसियाको पेनाङमा पर्छ । कम्पनी र बस्ने होस्टल आधा घण्टाको दूरीमा पर्छ । जाम भयो भने त कम्पनी पुग्न ४५ मिनेट बसमा यात्रा गर्नुपर्छ ।

सधै झै आज पनि म कम्पनीकै बसमा ड्युटी जाँदै थिएँ । ७ बजेको ड्युटी भ्याउनुपर्ने हो । लगभग मलेसियाको समय अनुसार साढे पाँच बजेको थियो । होस्टलबाट बस एक किलोमिटर पनि अगाडि पुगेको थिएन । 

ट्राफिक लाइट रातो बलिरहेको थियो । हामी चढेको बस भन्दा अगाडि अरु बस पनि थिए । हामी ४० जना जति थियौं । त्यसमा ३० जना नेपाली नै थियौं होला । बसको एक्कासी ब्रेक फेल भयो ।

ड्राइभरले अगाडिको बसलाई बचाउन खोजे । बस त गन्द्रयाङ गन्द्रुङ गरेर पल्टियो । घुम्ती थियो । त्यही भएर होला बस पल्र्लक पल्टियो मात्रै । बसमा सवार सबैजना आत्तियौं । 

सबैजनालाई चोट लाग्यो । म पनि सिटमा ठोक्किएँ । गाला पिल्सिएको छ । कानमा पनि थोरै चोट लागेको छ । दुखिरहेको छ । तर उद्धार तत्कालै भयो । एम्बुलेन्स पनि आइहाल्यो । अस्पतालमा सामान्य उपचार गराएर अहिले होस्टलमा फर्किएको छु । घरमा पनि दुर्घटना र आफ्नो अवस्थाको बारेमा जानकारी गराइसकेँ ।

सात जना अस्पतालमा छन् : सागर उप्रेती

त्यही कम्पनीमै काम गर्ने सागर उप्रेतीका अनुसार अस्पतालमा अहिले सात जनाको उपचार भइरहेको छ । सामान्य घाइते भएकाहरु होस्टल फर्किसकेका छन् । कम्पनीमा बस दुर्घटना भएपछि फेसबुक पेज मार्फत उज्यालोलाई सागरले नै जानकारी गराउनुभएको हो ।

रातीको काम भएकाले उहाँ दुर्घटनाबाट बच्नुभयो । उहाँका अनुसार दुई जना नेपाली र तीन जना इन्डोनेसियन कामदारलाई धेरै चोट लागेको छ । उनीहरुको पेनाङ अस्पतालमा उपचार भइरहेको छ । 

घाइते सागर मगर र उहाँकै साथी सागर उप्रेतीसँग फेसबुक म्यासेन्जरमा भएको कुराकानीमा आधारित ।

फोटो : सागर उप्रेती


 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Amit Kumar Jha

    June 25, 2018, 2:56 p.m.

    So very such me?

  •  0 Reply

तपाईको प्रतिक्रिया